लमजुङमा थप तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
पछिल्लो साता ३ दिनमै ३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।
बुधबार, बिहीबार र शुक्रबार लगातार तीन दिनमा तीन जनामा डेङ्गु देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार बेंसीसहर नगरपालिका ३ का १७ वर्षीया महिलामा डेङ्गु देखिएको हो । बिहीबार बेंसीसहर नगरपालिका ९ का २१ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको र शुक्रबार बेंसीसहर नगरपालिका ८ का २९ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए।
टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि अस्पतालमा आएका तीनै जनाको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले पछिल्लो समय तीन जनामा डेङ्गु देखिएको र उनीहरू सबैको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताए ।