प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ ।
गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्ष साक्षीसहित छलफलमा जुटेका हुन् ।
छलफल सकारात्मक रहे पनि बैठकको प्रगतिबारे केही नखुलेको निकट नेताहरू बताउँछन् । आजको बैठकमा साक्षी फेरिएका थिए । ओली र प्रचण्डका अतिरिक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।