logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेल्ने १२ जना नगदसहित पक्राउ


अंकुरण खबर
884
Shares

काठमाडौं महानगरपालिका ३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।