कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका ९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।