पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २३ जना नयाँ कोरोना भाइरस संक्रमणको केस देखिएका छन् ।
कैलाली र बैतडीका गरी ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
धनगढी कैलालीका २, पाटन बैतडीका १, गोदावरी कैलालीका १, घोडाघोडी कैलालीका १, जोशीपुर कैलालीका १, मोहन्याल कैलालीका २, बर्दगोरिया कैलालीका ८ र टिकपुर कैलालीका ७ गरी कुल २३ जनामा संक्रमण देखिएको हो । २ सय ३६ जनाको परीक्षण भएको थियो ।
सेती अस्पतालमा हालसम्म १७ हजार ५ सय ३४ जनाको परीक्षण गरिएको छ । अस्पतालको आइसोलेसन वार्डमा हाल ३ जना संक्रमितको उपचार भइरहेको छ ।