logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थपिए २३ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका १ गरी २३ जनामा संक्रमण पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको बर्दगोरी गाउँपालिका–५ का ३ महिला र ५ पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिका–५का २ पुरुष, जोशीपुर गाउँपालिका–१का १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका १र१ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बैतडीको पाटनका २६ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ ।