नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ, भने संक्रमितमध्ये १४ हजार ६ सय तीन जना निको भएर घर फर्किएका छन् ।
आज मात्रै एक सय ११ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।