काठमाडौं उपत्यकामा आइतबार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ ।