logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट वीरगंजकी ६८ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
676
Shares

नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

पछिल्लो पटक वीरगंजमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको हो । वीरगंजकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ज्वरो, खोकी, तथा श्वासप्रश्वासको समस्याका कारण साउन १४ गते बयोधा अस्पतलामा भर्ना भएकी महिलाको साउन १६ गते कोरोना पुष्टि भएको थियो । उनी मधमेुेह तथा उच्च रक्तचापको बिरामी थिइन्।

उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि १७ गते बेलुका नारायणी कोभिड अस्पतल रिफर गरिएको थियो । तर अस्पताल नपुर्याउँदै उनको बाटैमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।