सुनसरीको धरानका चार गोर्खा सैनिकसहति नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आइतबार गरिएको परीक्षणमा धरान उपमहानगरपालिका–१३ मा बस्ने पाँच जना युवा र क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना देखिएको धरानको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
उनका अनुसार पाँच जना युवा धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत हुन् । त्यस्तै, चार जना एन्फा क्वारेनटाइन बसेका युवा हुन् ।
उपमहानगरका अनुसार उनीहरुमध्ये प्रिति भल्व उद्योगमा काम गर्ने दुई जना कर्मचारीका परिवारलाई पनि संक्रमण देखिएको छ। उनीहरु विराटनगर र जनकपुरका हुन् ।