logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोनाको कहर : सरकारले पठायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली


अंकुरण खबर
1.924K
Shares

कोरोना भाइरस महामारी फैलिएको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा वीरगञ्जमा उच्चस्तरीय टोली पठाइएको हो । उनले आवश्यकता अनुसार अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइने बताएका छन्।

पछिल्लो समयमा वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । वीरगञ्जका मेयर र उनका परिवारका सदस्यसमेत कोरोना संक्रमित भएका छन् ।

वीरगञ्जमा साउन महिनामा मात्र १० जना भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।