पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुनै पनि प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएनन् ।
कर्णाली प्रदेशमा ५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । प्रदेशमा कुल १ हजार ९३९ जनामा कोरोना पुष्टि भएकोमा हाल २११ सक्रिय संक्रमित छन् ।
अहिलेसम्म १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा भने कुनै पनि अस्पतालमा रहेका बिरामी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छैनन् ।
प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ ।