logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा एक सातासम्मका लागि भोलीदेखि निषेधाज्ञा जारी


अंकुरण खबर
1.222K
Shares

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।

सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिन लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । यस्तै जिल्लाकै सिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा पनि निषेधाज्ञा जारी गरिने भएको छ ।

भट्टराईका अनुसार प्रदेश अस्पतालका नर्स, केही बैंकका कर्मचारी लगायतलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै निषेधाज्ञा जारी गरिएको हो ।