logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला


अंकुरण खबर
715
Shares

सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालिएको हो । मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेका थिए ।

पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार गरेका थिए ।