logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा वडाध्यक्षको निधन, कोरोना आशंका


अंकुरण खबर
663
Shares

रौतहटमा वडाध्यक्षको निधन भएको छ । इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो ।

स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले कोरोना संक्रमण आशंका गरिएको जानकारी दिए ।

उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए ।