logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली–दाहालबीच अझै जुटेन सहमति, आज पनि बिना निष्कर्ष टुंगियो बैठक


अंकुरण खबर
1.04K
Shares

पार्टीभित्रको विवाद मिलाउन सत्तारूढ नेकपाका शीर्ष नेताबीच सोमबार बिहान भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।

शीर्ष नेताबीच बालुवाटारमा भर्खरै सम्पन्न छलफलमा दुवै पक्ष आआफ्नो अडानमा रहेकाले ठोस सहमति जुट्न नसकेको स्रोतले बतायो । यद्यपि नेताहरूले छलफल सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता झलनाथ खनाललाई लिएर सोमबार बिहान अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आजको छलफल सकिएको जानकारी दिए । उनले भने, ‘नेताहरूबीच छलफल सकिएको छ । केही सहमति भएको छैन ।’

छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी थिए ।

अध्यक्ष दाहाल र ओलीबीच आइतबार भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।