logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले घर पुर्दा सिन्धुपाल्चोकमा श्रीमान–श्रीमतीको मृत्यु


अंकुरण खबर
1.248K
Shares

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।

आइतबार रातिको अविरल वर्षापछिको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको हो ।

प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका थिए ।