logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डलाई भेटेलगत्तै ओली बालकोट पुगे


अंकुरण खबर
546
Shares

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् ।

सोमबार विहान पार्टी विवाद समाधानका लागि नेकपा अध्यक्ष प्रचण्डसँग छलफल सकिएसँगै ओली भक्तपुर बालकोटस्थित निवासमा पुगकेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली बालकोट गएको बताए । लामो समयदेखि उनी बालकोट नगएका कारण उनी आज घर गएको उनको भनाइ छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब परिरहेको बेलामा ओली बालकोट पुगेका हुन् । यद्दपी ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् ।

बैशाख १४ मा ओली नेतृत्वको सरकारले दुई विवादास्पद अध्यादेश ल्याएपछिको एक बैठकमा उपाध्यक्ष वामदेव गौतमले सरकारले असफल भएको भन्दै ओलीलाई बालकोटमा गएर आराम गर्न सुझाव दिएका थिए ।

ओली बालुवाटार सरेसँगै उक्त घरमा पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा बालकोटमा बस्दै आएका छन् । मन्त्री हुँदा समेत बाँस्कोटा मन्त्री क्वाटरमा नबसेर ओली निवास बालकोटमा बसेका हुन् ।