logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.352K
Shares

सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विभिन्न अस्पतालमा गरिएको परीक्षणमा ११ महिला र ३५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितहरु कैलालीका २० पुरुष र ५ महिला, कञ्चनपुरका ७ पुरुष र १ महिला, डोटीका ७ पुरुष र १ महिला, बझाङका १ पुरुष रहेका छन् ।

योसँगै सुदुरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ५ सय ८४ पुगेको छ । जसमध्ये १ हजार ३३६ जना संक्रिय संक्रमित छन् भने ३ हजार २४८ जना निको भएर घर गइसकेका छन् ।

सुदुरपश्चिममा कोरोनाबाट ९ जना मृत्यु भएको छ ।