सुदूरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप २० जनामा संक्रमण देखिएको हो ।
सेती अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १ सय ६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थपिएका २० जना संक्रमितमध्ये ९ जना कैलालीको गोदावरी नगरपालिकाका छन् । यस्तै, अछामको साँफेबगरका ४ जनामा पनि कोरोना देखिएको छ ।
अन्य संक्रमितमा कञ्चनपुरको भीमदत्तनगरका ३, कञ्चनपुरकै कृष्णपुरका २, कञ्चनपुरकै बेदकोट नगरपालिकाका २ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ७ सय १० थियो । सोमबार सेती प्रयोगशालाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ ।