logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आज मन्त्रिपरिषदको बैठक बस्दै


अंकुरण खबर
806
Shares

आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने संम्भावना रहेको जनाइएको छ ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम मन्त्रिपरिषदमा सिफारीस गरेको छ ।

मन्त्रिपरिषदको बैठकले यी तीन मध्ये एकलाई लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका सीईओ नियुक्ति गर्नेछ । भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने डा. कोइराला विदेशी लगानी सम्बन्धी जानकार हुन् । त्यस्तै खतिवडा विद्युत नियमन आयोगका पूर्व सदस्य हुन् ।