कर्णाली प्रदेशमा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पतालरपशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं। ८ का एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
दैलेख अस्पतालमा पीसीआर प्रयोगशालामा परीक्षण गर्दा नारायण नगरपालिका वडा नं. १ र २ का एक-एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा मुसिकोट नगरपालिका वडा नं. १ र वडा न. ६ का एक-एक जनामा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या एक हजार नौ सय ४५ जना पुगेको छ।
त्यस्तै आज विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट ६ जना डिस्चार्ज भएका छन्। कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार सात सय २८ जना पुगेको छ ।