logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्ने


अंकुरण खबर
598
Shares

मुलुकमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले अबको रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ एवम् सरोकारावालासँग संक्रमणको अहिलको अवस्था र रणनीति कसरी अगाडि बढाउने विषयमा परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले मंगलबार ११ बजे विज्ञहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो,’ थापाले भने, ‘विज्ञको सुझावका आधारमा अन्य रणनीति तय होला ।’

संक्रमणको दर बढेपछि फेरि लकडाउन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

विज्ञहरूले पनि अहिलेकै अवस्था कायम रहेमा भयावह स्थिति आउन सक्ने भन्दै समयमै लकडाउन वा अन्य विकल्प अपनाउनुपर्ने सुझाव दिँदै आएका छन् ।

त्यस्तै काठमाडौं उपत्यका क्षेत्रमा पनि दिनप्रतिदिन जोखिम बढिरहेको छ ।