logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विराटनगरका थप एक जनाको मृत्यु


अंकुरण खबर
676
Shares

नेपालमा कोरोना संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ।

कोशी अस्पतालमा उपचारका क्रममा विराटनगर-५ का ७७ वर्षीय एक पुरुषको निधन भएको हो। कोशी अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो।

कोसी अस्पतालका चिकित्सकका अनुसार ती पुरुष सोमबार बिहान श्वासप्रश्वासमाको समस्या लिएर अस्पताल पुगेका थिए। कोरोनाको आशंकामा स्वाब संकलन गरी आइसोलेशनमा राखेर उपचार गर्दा गर्दै उनको निधन भएको छ ।

परीक्षणको रिपोर्टमा कोरोनाको नतिजा पोजेटिभ आएको छ। यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।