logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज गाईजात्रा विभिन्न कार्यक्रम गरि मनाइदै, भीडभाड नगर्न सरकारको आग्रह


अंकुरण खबर
1.989K
Shares

भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

सरकारले गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने यस पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई सिङ्गारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराई दिवांगतहरुको संझाना गर्ने परम्परा रहदै आएको छ । यसरी गाई जात्रा गर्नाले पितृ खुसी हुने र पार पाउँने धार्मिक विश्वास रहदै आएको छ ।
गाई जात्रा राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन सबैलाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउ लगाएको इतिहास छ ।

आजैबाट देशमा व्याप्त विक्रिति विसंगति लगाएतका हर विषयबस्तूमा व्याङ्य गर्दै हास्य प्रर्दशन गर्ने पनि गरिन्छ ।

गाईजात्रा पर्व विशेषतः नेवारी समुदाय बढी भएका स्थान काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, ओखलढुङगा, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, लगायतका स्थानमा मनाइन्छ ।