logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लगानी बोर्डको सिईओमा भट्ट नियुक्त


अंकुरण खबर
819
Shares

मन्त्रिपरिषद बैठकले लगानी बोर्डको सिईओमा सुदुरपश्चिम घर भएका सुशील भट्टलाई नियुक्त गर्ने निर्णय गरको छ ।

सोमबार प्रधानमन्त्री निवासमा बसेको बैठकले भटट्लाई नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका वर्तमान सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् ।

परियोजना विकास तथा करार व्यवस्थापनमा १५ वर्षभन्दा बढीको अनुभव भएका भट्ट योजना आयोगको सदस्य रहिसकेका छन । आयोगमा सदस्यको रुपमा आयोजना बैंक बनाउन तथा सोको कार्यान्वयनमा महत्वपूर्ण योगदान दिई रहेका भट्टको विज्ञतालाई योजना आयोगमा महत्वपूर्ण छ ।

बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।

सिइओ छनौटका लागि गठन भएको समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। समितिले पुर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशिल ज्ञवाली र डा।सरोज कोइरालाको नाम सिफारिस गरेको थियो।

लगानी बोर्ड मुलुकमा आन्तिरिक तथा बाह्य लगानी परिचालन गराउन जिम्मेवार निकाय हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डका सीइओ नियुक्तिका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा ३ जनाको उपसमिति गठन गरेको थियो।

जसले गत असार ५ गते बोर्डको सीइओमा आवेदन खुलाएकोमा १२ जनाको आवेदन परेको थियो।