logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी


अंकुरण खबर
1.573K
Shares

गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो (दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

सो अवधिभर (साउन २५ राति १२ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ ।