logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल पूनर्बीमा कम्पनीको ९१ करोड ६१ लाख नाफा , ३९ प्रतिशत बढी बीमाशुल्क संकलन


अंकुरण खबर
1.066K
Shares

नेपाल पूनर्बीमा कम्पनीले गत आर्थिक वर्ष ७६।७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २.७८ प्रतिशत खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ७५।७६मा कम्पनीले ८९ करोड १३ लाख खुद कमाएको थियो ।

कम्पनीले गत चैतमा डेढ अर्ब बढीको आइपीओ निष्काशन तथा बाँडफाँड गरेको थियो ।

कम्पनीले गत आवको चैत मसान्तसम्म जीवन बीमा व्यवसायबाट ९ करोड १० लाख रुपैयाँ तथा निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले जीवन र निर्जीवन दुवैतर्फको गरी खुद बीमाशुल्क ३९ प्रतिशत बढी बनाएको छ ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ, बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।