नेपाली बजारमा सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।
सोमबार स्थीर रहेको छापावाला सुन (आज) मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर ९९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।
सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय ३० रुपैयाँ कायम रहेको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो ।