logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टिनमा खटाइएका गार्डले मट्टीतेल खन्याएर गरे आत्मदाह


अंकुरण खबर
754
Shares

रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका एक सुरक्षा गार्डले शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका छन् ।

देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । जलेर गम्भीर घाइते भएका उनलाई पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न भने सकेको छैन । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।