logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

फेरि लकडाउनको तयारीमा सरकार : प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्शमा


अंकुरण खबर
1.079K
Shares

प्रधानमन्त्री केपी ओलीले जनस्वास्थ्य विद्हरुसँग कोभिड -१९ को संक्रमण रोकथामबारे छलफल थालेका छन् ।

प्रधामन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको हो । २० जना भन्दा बढी विज्ञहरुसँग प्रधानमन्त्रीले संक्रमण बढिरहेकाले लकडाउनबारे निर्णय गर्न छलफल गरिरेहेका छन् । भर्खरै छलफल सुरु भएको प्रधामन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

चैत ११ गतेदेखि लगाइको लकडाउन झण्डैं चार महिनापछि साउन ७ गते हटाइएको थियो । जनजीवन कष्टकर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउनु परेको थियो ।

लकडाउन खुकुलो बनाउनुअघि पनि प्रधामन्त्री ओलीले विज्ञहरुसँग परामर्श गरेका थिए । लकडाउन खोले यता संक्रमण दर बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने नगर्नेबारे छलफल थालेको हो ।

तर विज्ञहरुले भने अब समुदायमा संक्रमण फैलिनै सकेकाले सरकारले चुस्त तयारी नगरे स्थिति भयाभह हुने भन्दै चेतावनी दिन थालेका छन् ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइका अनुसार विज्ञहरुको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुनेछन् । प्रधानमन्त्रीले भने फेरि लकडाउन गर्नुपर्दा विपक्षी दलको समर्थन लिन देउवालाई बालुवाटार बोलाइएको बताइएको छ ।