logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङको रंगेलीमा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना पुष्टि


अंकुरण खबर
715
Shares

मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेली अस्पतालमा कार्यरत ३ जना कर्मचारी, एउटै परिवारका १४ जना ब्यक्ति र रंगेली नगरपालिकाकै अन्य ५ जना ब्यक्ति रहेको कोशी अस्पतालले जनाएको छ ।

एकै परिवारका संक्रमित भएका १४ मध्ये एक महिला पन्ध्र दिनअघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन्। उनैबाट संक्रमण फैलिएको हुनसक्ने अस्पातालले जनाएको छ ।

दिल्लीबाट आएकी उनले विराटनगर महानगरपालिकाबाट आफू होटल क्वारेन्टिनमा बस्ने भनेर सिफारिस लिएर आएकी थिइन्।

एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्ति कालसम्मका लागि सिल गरेको छ ।