अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार संकलन गरेका स्वाबको परीक्षणका क्रममा १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार अख्तियारमा आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्येका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि यी कर्मचारीमा संक्रमण देखियो भनेर औपचारिक जानकारी आएको छैन ।