काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ ।
यस्तै भक्तपुरमा थप प्रहरी जवानमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमित दुई प्रहरी महानगरीय प्रहरी वृत्त थिमिका रहेको जनाइएको छ । उनीहरुलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको अहिले केएमसी अस्पताल दुवाकोटमा उपचार भइरहेको जनाइएको छ । दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाग्राहीको आगमन निषेध गरिएको वृत्तले जनाएको छ ।