logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमण बढ्दै, सरकारलाई कम्तीमा २ साता लकडाउन गर्न विज्ञहरुको सुझाव


अंकुरण खबर
2.366K
Shares

विज्ञहरुले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् ।

आगामी दिनमा कोरोना अझ भयावह हुन सक्ने भन्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ ।

आजको छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत उपस्थित थिए ।