logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.391K
Shares

नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार नौ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् ।