मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ ।
मंगलबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।