logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ओली-दाहालसहितका नेताहरुबीच बालुवाटारमा छलफल सुरु


अंकुरण खबर
949
Shares

पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच बालुवाटारमा छलफल सुरू भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षसहितका नेताहरुबीच छलफल सुरू भएको जानकारी दिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् ।

आइतबारदेखि नेताहरुबीच पार्टीको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसँग भेट्नुअघि आज अध्यक्ष पुष्पकमल दाहालले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा भेट गरेका थिए ।

असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग भएपछि पार्टीभित्रको विवाद चुलिएको छ । त्यसयता पटक–पटक नेताहरुले एक्ला-एक्लै र सामूहिक रुपमा छलफल गरे पनि सहमति हुन सकेको छैन ।

पछिल्लो समय उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमाथी पनि छलफल चलिरहेको छ। नेकपाभित्र दाहाल-नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको समूहले ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आइरहेको छ ।

तर, ओलीले भने कुनै हालतमा आफूले एउटा पद पनि नछाड्ने अडान कायमै राखेका छन् ।