सशस्त्र प्रहरी बल नेपालको टोलीले कपिलवस्तुको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट स्रोत नखुलेको १६ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले २० साउनमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने बिनोद सोनारलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।