logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा लाख नाघ्यो


अंकुरण खबर
1.196K
Shares

नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

आज बुधबार छापावाला सुन एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ एक लाख ९ सय पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।