logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु


अंकुरण खबर
1.352K
Shares

कोरोना भाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

मधुमेह तथा मुटुको समस्या भएका उनलाई नेशनल मेडिकल कलेजमा सोमबार भर्ना गरिएकोमा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मंगलबार राति नै उनलाई अस्थाई कोभिड अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो ।

यसअघि मंगलबार राति १८ वर्षीय युवतीको उपचारका लागि वीरगन्ज ल्याउदै गर्दा मृत्युु भएको थियो। मृतक पर्साको पोखरिया नगरपालिका–९ की युवतीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।