logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा थपिए ९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.209K
Shares

गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकाका ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा १७ देखि ५७ वर्ष उमेर समूहका छन् ।

पोखरामा ९ जना कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ ।