logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवाडेमा पनि देखियो कोरोना


अंकुरण खबर
1.209K
Shares

कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ ।

साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टी भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पुरा गरेर छोडिएको थियो ।

प्रहरीबाट छुटेर घर पुगेका युवालाई पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको हो । युवामा कोरोना सङक्रमण भेर्टिएपछि निजको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले बताए ।

युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाई र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन् ।

पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।