logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनामुक्त जिल्ला भनिएको जुम्लामा कोरोना निको भएर घर फर्किएका तीन जनामा पुनः संक्रमण पुष्टि


अंकुरण खबर
1.365K
Shares

जुम्लामा निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा तीन जनामा पुन संक्रमण पुष्टि भएको हो ।

सोही अस्पतालको आइसोलेसनमा रहेका ६९ जना निको भएपछि जुम्लालाई कोरोनामुक्त जिल्ला घोषणा गरिएको थियो । तर,  निको भएर घर पठाइएको व्यक्तिमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लाका चार हजार नौ सय १२ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा ६९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो ।