कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
सिंहदरबार भित्र रहेका विभिन्न कार्यालयहरुले वितरण गर्ने गेट पास बन्द गरिएको हो । संक्रमणको जोखिम बढ्दै जाँदा सिंहदरबारमा मानिसहरुको चाप कम गर्न यस्तो निर्णय गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण बुधबारबाट भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेशमा सर्वसाधारणका लागि रोक लगाइएको बताए ।
तर, अत्यावश्यक काम भएकाहरुले प्रमाण देखाएर भने प्रवेश पाउने छन् । त्यस्तै प्रेस पासवाहक सञ्चारकर्मीले पनि प्रवेश पाउनेछन् ।
लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।