logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अस्पतालको ओपिडी सेवा बन्द


अंकुरण खबर
962
Shares

बाग्लुङको धौलागिरि अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालसँगै रहेको धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचारमा खटिएकी २५ वर्षीया नर्समा संक्रमण पुष्टि भएकोअस्पतालले मंगलबार साँझ विज्ञप्ति जारी गरी जनाएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवासमेत बन्द गरिएको छ ।

संक्रमित नर्सलाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । साथै, उनको सम्पर्कमा रहेका अन्य स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने तयारी भइरहेको अस्पतालले जनाएको छ ।