logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा कोरोनाका लक्षण देखिएका तीन जनाको मृत्यु


अंकुरण खबर
754
Shares

सप्तरीमा कोरोना भाइरससँगको मिल्ने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ ।

महिना दिन अघि मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जना र उपचाररत दुई जनाको बुधबार मृत्यु भएको हो ।

रुपनी गाउँपालिका ५ स्थित गढियामा एक महिनाअघि मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । मृतकमा कोरोनाको लक्षण देखिए पनि पुष्टि हुन बाँकी रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए । एक्कासी श्वास फेर्न गाह्रो र ज्वरो पनि आएपछि उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको हो ।

यस्तै कोरोनाको जस्तै लक्षण देखिएका सप्तरीकै डाक्नेश्वरी नगरपालिका-९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार उनीहरुको मृत्यु भएको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले जानकारी दिए ।

उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि लगिएको छ । मृतक तीन जनालाई कोरोना संक्रमण भए नभएबारे रिपोर्ट आएपछि मात्रै थाहा हुने भएको छ ।