logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले लगायो यी १४ जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)


अंकुरण खबर
3.549K
Shares

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो ।

संक्रमणका घटना बढेपछि सरकारले मंगलबार विज्ञहरुसँग छलफल गरेको छ । कोरोना नियन्त्रणका लागि केहीले पुनः लकडाउनमा जानुपर्ने बताएका छन् भने फेरि लकडाउन गरिए नेपालले धान्न नसक्ने टिप्पणी पनि भइरहेको छ ।

संक्रमणका घटना बढिरहेका बेला सरकारले अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यी जिल्लास्थित स्थानीय प्रशासनले अब संक्रमणको अवस्था हेरेर उचित निर्णय गर्न सक्नेछन् ।

यी हुन् निषेधाज्ञा जारी भएका १४ जिल्ला:

14districts prohibitoryorder 1