पर्सामा बुधबार एकै दिन १३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको पीसीआर ल्याबको रिपोर्टअनुसार वीरगन्ज कारागारका ६ महिलासहित २७ जना र ११ जना सुरक्षाकर्मीसमेत थप १३२ जनामा कोरोना संक्रमित भएको हो ।
वीरगन्ज भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीका तीन जवानमा संक्रमित देखिएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए । संक्रमित हुने अन्य सुरक्षाकर्मीमा नेपाली सेनाका तीन जना र वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी छन् । यस्तै इलाका प्रहरी कार्यालय प्रसौनीका चारजना प्रहरीमा संक्रमण देखिएको छ ।
अन्य संक्रमितमा वीरगन्ज महानगरपालिकाअन्तर्गतका बिर्ता, आदर्शनगर, छपकैया, भिष्वा, उदयपुरघुर्मी, मुर्ली र प्रगतिनगरका छन् ।
पर्सा समुदायस्तरमा फैलिएको यो कोरोना संक्रमण हालसम्मकै धेरै हो । कारागारमा यसअघि १३ जना संक्रमित थिए ।