logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बलात्कारको आरोपमा कैलालीका वडा सचिव पक्राउ


अंकुरण खबर
806
Shares

कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् ।

भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

चौधरी उपर जबरजस्ती करणीको उजुरी आएकाले  आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ  ।